Add parallel Print Page Options

तब तिमीहरूले बुझ्छौ मैले यी आदेश तिमीहरूलाई किन दिंदैछु? मैले तिमीहरूलाई यी कुराहरू किन बताउँदैछु कारण लेवीहरूसित मेरो करार चलिरहनेछ।” सर्वशक्तिमान परमेश्वले यी सबै कुराहरू भन्नुभयो।

परमप्रभुले भन्नुभयो, “मैले यो करार लेवीहरूसँग गरें। मैले उनीहरूलाई शान्तिपूर्ण जीवन दिने प्रतिज्ञा गरें, अनि मैले दिएँ। लेवीबरूले मेरो सम्मान गरे। तिनीहरूले मेरो नाउँको सम्मान गरे। लेवीहरूले साँच्चो शिक्षा दिए। लेवीहरूले झूटो उपदेशहरू दिएनन्। लेवीहरू ईमान्दार र शान्ति प्रिय मानिस थिए। लेवीहरूले मेरो अनुशरण गरे अनि धेरै मानिसहरूलाई अपराध गर्नबाट बँचाए।

Read full chapter