Add parallel Print Page Options

उठ! जब तिमीहरूसित केही शेष छ, सम्पूर्ण रुपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरूका कार्यहरू परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्। यसर्थ तिमीहरूले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। तिमीहरू व्यूँझ र उठ नत्र म तिमीहरूकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरूले थाहा पाउने छैनौं।

“तर सार्डिसको तिमीहरूसित तिमीहरूको समूहमा कोही मानिसहरू छन् जसले तिनीहरू स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरू मसित हिँड्नेछन्। तिनीहरूले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरू त्यसका योग्य छन्।

Read full chapter