Add parallel Print Page Options

16 “मैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”

17 आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्।

18 म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्छ यदि कुनै मानिसले यी वचनहरूमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरू दिनु हुनेछ।

Read full chapter