Add parallel Print Page Options

“ऊ जसले सुन्छ आत्माले के भन्नु हुन्छ मण्डलीले सुन्नुपर्छ। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।

स्पर्नाको मण्डलीलाई येशूको पत्र

“स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।

“मलाई तिमीहरूको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरू निर्धन छौ। तर वास्तवमा तिमीहरू धनवान् छौ। कोही मानिसहरूले तिमीहरूको विरोधमा भनेको नराम्रा कुराहरू मलाई थाहा छ। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरू साँच्चो यहूदीहरू होइनन्। तिनीहरू शैतानको सभा-घर हुन्।

Read full chapter