Add parallel Print Page Options

तब लेवी येशूअ, कद्‌मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने:

“उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर।
किनभने उहाँ शुरू देखि अन्त सम्म जीवित हुनुहुन्छ।
तपाईंको महिमित नाउँको स्तुति होस।
    यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ।
तपाईं परमेश्वर हुनुहुन्छ,
    हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग
अनि त्यसमा तारा-मण्डल बनाउनु भयो।
    तपाईंले पृथ्वी
अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू
    अनि त्यसमा भएका
हरेक बस्तुहरू बनाउनु भयो।
    तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो,
अनि स्वर्गका तारा-मण्डलले
    तपाईंको आराधना गर्छन्।
तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ
    जसले अब्रामलाई चुन्नु भयो,
अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो,
    अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।

Read full chapter