Add parallel Print Page Options

12 “त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दु:खहरू र सङ्कटहरू हुनेछन्। यस्तो सङ्कट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ जीवनको पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्। अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम, घृणा र तिस्कारका निम्ति ब्यूँझने छन्। ज्ञानी-शिक्षकहरू उज्जवल आकाश झैं चम्कनेछन्। अनि तिनीहरू तिनीहरूलाई सत्यको मार्गमा सदा-सर्वदाको निम्ति डोर्याउने ताराहरू झैं हुनेछन्।

Read full chapter