Add parallel Print Page Options

कसैको विरूद्ध नराम्रो कुरा नगर्नु, अरूहरूसित शान्तिले बस्नु, अन्य मानिसहरू प्रति सहनशील अनि अति भद्र बन्नु। विश्वासीहरूलाई सबै मानिसहरूसित यसो गर्नु भनी भन।

अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गर्यौं। तर तब हाम्रा मुक्तिदाता परमेश्वले मानिसहरूको लागि उहाँको दया अनि प्रेम हामीलाई जनाउनु भयो।

Read full chapter