Add parallel Print Page Options

10 अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँच्चो रूपमा चिनाउन लैजाने छ। 11 यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमारा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ।

एक-अर्कामा तिमीहरूको नँया जीवन

12 परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन।

Read full chapter