Add parallel Print Page Options

किनभने हाम्रो पापहरू हाम्रो शिर जतिकै उच्च भएर बढेका छन्। अनि हाम्रो अपराधहरू धेरै भएकाछन्। हाम्रा पापको कारणले आज हामी, हाम्रा राजाहरू अनि हाम्रा पूजाहारीहरू। विदेशी राजाहरूबाट तरवार, कैद, लुटमार अनि लाज र हीनता बोझद्वारा दण्डित् भएकाछौं।

“अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नयाँ आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ। किनभने हामी दासहरू हौं तर हाम्रा परमेश्वरले हामीलाई हाम्रो दासत्वबाट छाड्नु भएको छैन। हामीलाई नयाँ जिवन दिनु भएर हाम्रा परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि त्यसको जीर्णोद्वार गर्नका निम्ति यहूदा एवं यरूशलेममा हामीलाई संरक्षणशील पर्खाल[a] दिनु भएर फारसका राजा समक्ष उहाँले हामीलाई प्रेम, भक्तिभाव र दया दर्शाउनु भएको छ।

Read full chapter

Footnotes

  1. 9:9 पर्खाल यहाँ पर्खालले शहर वरिपरिको भौतिक पर्खाल भन्दा फारसी अधिकारीहरूका सहयोगद्वारा व्यवस्था गरिएको सुरक्षा बुझिन्छ।