Menu
Bible Gateway Plus logo
Bible Gateway logo
account
Finding your way around? See how the new Bible Gateway works. Take the tour.
Bible Gateway Plus logo
Bible Gateway logo
Study resources + Scripture = deeper understanding.
  • Read
    • Reading Plans
    • Advanced Search
    • Available Versions
    • Audio Bibles
  • Study
    • Scripture Engagement
    • More Resources
  • News
  • Explore
    • Newsletters
    • Devotionals
    • Bible Gateway App
    • Bible Audio App
    • Take a Tour
  • Store
    • Bibles
    • Deals
    • More
  • Bible Gateway Plus
ERV-NE
Version
Bible Books Bible Books
ERV-NE
Version
Read
Study
News
Explore
Store
Bible Gateway Plus
Light Mode Dark Mode
Font Size
Log In show menu
Previous Next
Print PrintSettingsSettingsShare ShareParallelParallelExpandExpandCollapse

उत्पत्ति 5  Nepali Bible: Easy-to-Read Version

आदमको पारिवारिक इतिहास

5 आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिको[a] सृष्टि गर्नुभयो। 2 परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुइ रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो तिनीहरूलाई आशिष दिनु भयो अनि तिनीहरूलाई “मानिस” भन्नुभयो।

3 जब आदम 130 बर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो। 4 सेतको जन्म भएपछि आदम अझ 800 बर्ष सम्म जीवित रहे अनि उनको अरू पनि छोरा-छोरीहरू भए। 5 आदम 930 बर्षसम्म बाँचे र मरे।

6 जब सेत 105 बर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे। 7 एनोश जन्मेपछि सेत 807 बर्षसम्म जीवित रहे र यो समयमा सेतका अरू छोरा-छोरीहरू जन्मे। 8 यसर्थ सेत जम्मा 912 बर्षसम्म बाँचे र मरे।

9 एनोशको उमेर 90 बर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो। 10 केनान जन्मेपछि एनोश 815 बर्ष सम्म बाँचे। यो समयमा एनोशका अरू छोरा-छोरीहरू पनि जन्मे 11 यसर्थ एनोश जम्मा 905 बर्ष बाँचे र मरे।

12 केनान 70 बर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे। 13 महलेलले जन्म लिएपछि केनान 840 बर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरूले पनि जन्म लिए 14 यसर्थ केनान 910 बर्ष सम्म बाँचे र मरे।

15 जब महलेल 65 बर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो। 16 येरेद जन्मेपछि महलेल 830 बर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरू जन्मे। 17 यसर्थ महलेल जम्मा 895 बर्ष सम्म बाँचे र मरे।

18 जब येरेद 162 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय। 19 हनोक जन्मिएपछि येरेद 800 बर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरू छोरा-छोरीहरू भए। 20 यसर्थ येरेद जम्मा 962 बर्षसम्म बाँचे।

21 जब हनोक 65 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो। 22 मतूशेलह जन्मेपछि हनोक 300 बर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरू छोरा-छोरीहरू जन्मे। 23 यसर्थ हनोक 365 बर्ष सम्म बाँचे। 24 एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।

25 जब मतूशेलह 186 बर्षको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो। 26 लेमेक जन्मिएपछि मतूशेलह 682 बर्ष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरू पनि जन्मे। 27 यसर्थ मतूशेलह 969 बर्ष सम्म बाँचे।

28 जब लेमेक 182 बर्षको थिए उनको एउटा छोरा जन्मियो। 29 उनले आफ्नो छोरोको नाउँ नूह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम देओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”

30 नूह जन्मेपछि लेमेक 595 बर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरू छोरा-छोरीहरू जन्मे। 31 लेमेक जम्मा 777 बर्षसम्मा बाँचे।

32 नूह 500 बर्ष पुगेपछि उनको शेम, हाम र येपेत नाउँ भएका छोराहरू जन्मे।

Footnotes

  1. 5:1 मानिसजाति यसको अर्थ हुन्छ “आदम” वा “मान्छे” अथवा “मानिस” (प्रथम मानव)।
Next
उत्पत्ति 4
उत्पत्ति 6
Next
dropdown
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

Bible Gateway Plus logo
Bible Gateway logo

Font Size

Font Size

Dark Mode

Light Mode Dark Mode

About

  • About
  • Learn About the Bible
  • Statement of Faith
  • Mobile App
  • Store
  • Blog
  • Newsroom
  • Support Us

Help

  • FAQs
  • Tutorials
  • Use Bible Gateway on Your Site
  • Advertise with us
  • Contact us
  • Privacy policy
  • California Privacy Rights
  • Do Not Sell My Personal Information
  • Site: Terms of use
  • Widget: Terms of use

Our Network

  • FaithGateway
  • StudyGateway
  • ChurchSource
  • HarperCollins Christian Publishing
  • Grupo Nelson
  • Editorial Vida
  • Thomas Nelson
  • WestBow Press
  • Zondervan
  • MasterLectures

Social

  • Facebook
  • Instagram
  • Pinterest
  • TikTok
  • X
  • YouTube

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway
Sign Up for Bible Gateway: News & Knowledge
Get weekly Bible news, info, reflections, and deals in your inbox.

By submitting your email address, you understand that you will receive email communications from Bible Gateway, operated by HarperCollins Christian Publishing, 501 Nelson Pl, Nashville, TN 37214 USA, including commercial communications and messages from partners of Bible Gateway. You may unsubscribe from Bible Gateway’s emails at any time. If you have any questions, please review our Privacy Policy or email us at privacy@biblegateway.com.

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway