Add parallel Print Page Options

31 यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।

32 “‘तिमी यिनीहरूको दृष्टिमा प्रेमका गीतहरू गाउने गायक भन्दा अधिक छैनौ। तिम्रो स्वर राम्रो छ। तिमी आफ्नो बाजाहरू राम्रो बजाउँछौ। उनीहरूले तिम्रो वचन सुन्छन् तर त्यो अनुसार गर्दैनन् जुन तिमी भन्छौ। 33 तर जुन चीजहरूको विषयमा तिमी गाउँछौ त्यो साँच्चै घट्नेछ अनि त्यस बेला मानिसहरूले सम्झनेछन् कि उनीहरूको बीच साँच्चै एक अगमवक्ता थिए।’”

Read full chapter