Add parallel Print Page Options

21 “ओहोलिबा, तिमीले आफ्नो ती दिनहरू याद गर्यौ जब तिमी युवती थियौ, जब तिम्रो प्रेमीले तिम्रो स्तन छुन्थे अनि युवावस्थाका स्तन माडेका थिए। 22 यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्। 23 म ती सबै मानिसहरूलाई बाबेलमा विशेष गरी कल्दीहरूलाई ल्याउँनेछु। म पकोद शोअ अनि कोअबाट मानिसहरूलाई ल्याउनेछु अनि ती सबैलाई अश्शूरबाट ल्याउँछु। यस्तै प्रकार म सबै शासकहरू अनि अधिकारीहरूलाई ल्याउँछु। तिनीहरू सबै योग्य, रथहरूको विशेष योग्यताको निम्ति छानिएका घोडसवार थिए।

Read full chapter