Add parallel Print Page Options

“हे मानिसको छोरो! सामरिया र यरूशलेमको विषयमा यो कथा सुन! त्यहाँ दुइ बहिनी थिए! तिनीहरू एउटै आमाका छोरीहरू थिए। तिनीहरू मिश्रमा त्यस बेला वेश्या भए जब सानो बहिनी एकदमै सानो थिई। मिश्रमा तिनीहरूले पहिलो प्रेम गरे अनि मानिसहरूले आफ्नो हातले तिनीहरूको स्तनलाई छुए। ठूली दिदीको नाम ओहोला थियो अनि उसको बहिनीको नाम ओहोलिबा थियो। तिनीहरू मेरो पत्नीहरू भए अनि हामीहरूका छोरा-छोरीहरू भए। (ओहोला चाहिँ सामरिया हो अनि ओहोलिबा चाहिँ यरूशलेम हो।)

Read full chapter