Add parallel Print Page Options

येशू राजा झैं यरूशलेमा प्रवेश गर्नु भएको

(मत्ती 21:1-11; मर्कूस 11:1-11; लूका 19:28-40)

12 अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए।

13 मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए,

“‘उहाँको प्रशंसा गर!’
    ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून्,
    जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’(A)

परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”

14 येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढ़नु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयो,

15 “हे सियोन शहर[a] नडराऊ!
    हेर! तिम्रो राजा आइरहेछ।
    उनी गधाको बछेड़ामाथि चडेर आइरहेका छन्।”(B)

16 येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।

17 जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसँग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले। 18 धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो। 19 यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”

Read full chapter

Footnotes

  1. 12:15 सियोन शहर सियोनका मानिसहरू, यसको शाब्दिक अर्थ हुन्छ, “सियोनको छोरी” अथवा “यरूशलेम”। “सियोन” शब्दावली हेर्नुहोस्।