Add parallel Print Page Options

24 “राजा, तपाईंको सपनाको व्याख्या यही हो। सर्वोच्च परमेश्वरले मेरो स्वामी राजा प्रति यी घटनाहरू घट्ने आदेश दिनुहुन्छ। 25 राजा नबूकदनेस्सरले तपाईंलाई तपाईंको मानिसहरूबाट जबर्जस्ती टाढा पठाउनेछ, तपाईं जङ्गली जनावरहरूको बीचमा बस्नु हुनेछ। तपाईंले गाई गोरूले जस्तो घाँस खानु हुनेछ अनि तपाईं शीतले भिज्नु पर्नेछ। सात बर्ष सम्म यही प्रतिक्रिया दोहोरिनेछ। जब सम्म तपाईंले यो कुरा बुझ्नुहुने छैन, कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि सर्वधिकार गर्नुहुन्छ उहाँले जसलाई इच्छा गर्नु हुन्छ उसैलाई नै राज्य दिनुहुन्छ।

26 “जरा सहित ठुटोलाई भूइँमा छोडिदिने आज्ञा यो हो तपाईंको राज्य तपाईंलाई फेरि फिर्ता दिनुहुनेछ। यो तब हुनेछ जब त्यो सर्वोच्च परमेश्वरले तपाईंको राज्यमा शासन गर्नुहुन्छ भन्ने तपाईंले जान्नु हुन्छ। 27 यसकारण, राजा, दया गरेर मेरो सल्लाह स्वीकार्नु होस् आफ्नो पाप त्यागेर धर्म पट्टि लाग्नुहोस्, अत्यचारमा परेकाहरूलाई दया देखाएर गरीब मानिस प्रतिको अधर्म त्याग्नु होस्, त्यसो गर्नाले लामो समय सम्म सफल र शान्ति प्रिय हुनुहुनेछ।”

28 यो सबै सत्य घटना राजा नबूकदनेस्सरमाथि घट्यो। 29 बाह्र महिना पछि राजा आफ्नो महलको कौसीमा घुमिरहेका थिए। 30 जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”

31 राजाको मुखबाट यो कुरा निस्की नसक्दै स्वर्गबाट यसो भन्ने आवाज आयो, “यो घटनाहरू तपाईंमाथि घट्नेछ, राजा नबूकदनेस्सर तपाईंको राज्य तपाईंबाट खोसिनेछ। 32 तपाईंलाई मानिसहरूबाट निस्कासित गरिनेछ। तपाईं जङ्गली पशुहरूसँग बस्नु पर्नेछ अनि गाईले झैं घाँस खानुहुनेछ। सात बर्ष सम्म यो चलिरहनेछ जब सम्म तपाईंले यो बुझ्नुहुँदैन कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ। अनि उहाँले जसलाई चाहनुहुन्छ उसलाई राज्य दिनुहुन्छ।”

Read full chapter