Añadir traducción en paralelo Imprimir Opciones de la página

मोर्दकैको इज्जत

त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिग्ताना अनि तेरेश। मूलद्वारका रखवालाहरू मध्ये दुइजना राज अधिकारीहरूले राजा अहासूरसको विरूद्ध कसरी षड्‌यन्त्र गरे त्यसबारे मोर्दकैले गरेको सबै कुराको विवरणमा राजाले सुने।

तब राजाले भने, “यसका निम्ति मोर्दकैलाई हामीले के सम्मान अनि प्रशंसा दियौं?”

अनि जवान मानिसहरू जो राजाका सेवामा थिए तिनीहरूले भने, “हामीले तिनका निम्ति केहि गरेनौं। अनि राजाले भने त्यहाँ आँगनमा को छ?”

अनि हामान राज महलको बाहिरी आगनँ मा आउँदै थिए, आफूले बनाएको फाँसीमा मोर्दकैलाई झुण्ड्‌याउनु भनी राजालाई भन्नका निम्ति। त्यो जवान, राजाको सेवकले भने, “हामान आँगनमा उभिरहेकोछ।”

अनि राजाले भने, “उसलाई यहाँ आउन देऊ।”

हामान आए। अनि राजाले तिनलाई भने, “राजाले सम्मान गर्न चाहने व्यक्तिलाई के गर्नुपर्छ?”

अनि हामानले सोचे, “राजाले कसलाई म भन्दा अधिक सम्मान गर्न चाहन्छन्?”

त्यसर्थ हामानले राजालाई भने, “राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ, त्यस मानिसका निम्ति यसो गर्नुहोस्। त्यस मानिस को निम्ति राजा स्वयंले लाउनु भएको राज-वस्त्र अनि एउटा घोडा जस माथि राजा चढ्नु भएको छ। तिनलाई दिनु होस्। अनि उसको शिरमा एक राज-मुकुट राखिदिनुहोस्। राज-वस्त्रर र घोडालाई राजाका एक कुलीन अधिकारीको निगरानीमा राखियोस्। राजाले एक कुलीन अधिकारीको निगरारीमा राखियोस्। राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ त्यस मानिसलाई तिनीहरूद्वारा वस्त्र पहिराउन दिनुहोस् अनि तिनीहरूद्वारा तिनलाई घोडामा चढाएर शहरको चौरमा परेड गराइयोस्। अनि तिनीहरूको अघि तिनलाई ‘त्यस मानिसलाई यसै गरिने छ, जसलाई राजाले सम्मान गर्न चाहनु हुनेछ’ भनि कराउन्।”

10 तब राजाले हामानलाई भने, “चाँडो, तिमीले अहिले भने झै वस्त्र अनि घोडा लेऊ राजाको द्वारमा बस्ने यहूदी मोर्दकैको निम्ति ती कुराहरू गरिदेऊ। तिमीले भनेका कुनै पनि कुरा गर्न नचुक।”

11 यसर्थ हामानले वस्त्र अनि घोडा तयार पारे तिनले मोर्दकैलाई वस्त्र पहिराई दिए र तिनलाई शहरका चोक अनि सडकमा परीक्रमा गराए मोर्दकैको अघि-अघि कराए, “त्यस मानिसलाई यसै गरिनेछ जसलाई राजाले सम्मान गर्न चाहनु हुन्छ।”

12 त्यस पछि मोर्दकै राजाको द्वारमा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए। 13 तब हामानले आफ्नी पत्नी जेरेशलाई अनि आफ्ना साथीहरूलाई त्यहाँ भएको हरेक कुराको विवरण सुनाए। अनि उसका ज्ञानी साथीहरू र उसकी पत्नी जेरेशले उसलाई भने, “तिम्रो पतन जन्म-जात यहूदी मोर्देकै समक्ष शुरू भयो त्यसकारण तिमी उसको विरूद्ध खडा हुन सक्दैनौ साँचैनै तिमी उसको अघि पतन हुनेछौ अनि नष्ट हुनेछौ।”

14 तिनीहरू तिनीसँग कुरा गरिरहेको बेला राजाका मानिसहरू आइपुगे। तिनीहरूले हामानलाई एस्तरले प्रदान गरेको भोजमा लगे।