Add parallel Print Page Options

परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो! जुन तिमीले देख्दै छौ, त्यो खाऊ। यो बेह्ररिएको पत्र खाऊ अनि गएर इस्राएलका परिवारहरूलाई यी कुराहरू भन।”

यसकारण मैले मेरो मुख खोलें अनि उहाँले त्यो बेह्ररिएको पत्र मेरो मुखमा राखिदिनु भयो। तब परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! म तिमीलाई यो बेह्ररिएको पत्र दिँदैछु। यसलाई निल! यो बेहेरिएको पत्र तिम्रो शरीरमा भरियोस्।”

यसकारण मैले त्यो बेहेरिएको पत्र खाँए। त्यो मेरो मुखमा मह जस्तै मीठो भयो।

तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! इस्राएलको परिवारमा जाऊ। मैले भनेको कुराहरू तिनीहरूलाई भन। मैले तिमीलाई कतै विदेशहरू पठाएको होइन, जसको भाषा तिमी बुझ्दैनौ। तिमीले अर्को भाषा सिक्नु पर्नेछैन। मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। मैले तिमीलाई विभिन्न देशहरूमा पठाएको होइन जहाँका मानिसहरू यस्तो भाषाहरू बोल्छन् जुन तिमीले बुझ्दैनौं। यदि तिमी तिनीहरूकहाँ गई कुरा गर्छौ तब तिनीहरूले तिम्रो कुरा सुन्नेछन्। अँहँ! मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। किनकि इस्राएलका सारा घराना नै अट्टेरी, ढीठ र कठोर मनका छन् अनि इस्राएलका मानिसहरूले तिम्रो कुरा सुन्न इच्छा गर्ने छैनन्। तिनीहरूले मेरो कुरा सुन्ने छैनन्। तर म तिमीलाई त्यति नै हठ्ठी बनाउनेछु जति तिनीहरू छन्। उनीहरूको जस्तै तिम्रो हृदय त्यति नै कठोर हुनेछ। हीरा, अग्नि चट्टान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिम्रो हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठ्ठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैँ मेरो विरूद्धमा गएका छन्।”

10 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ। 11 तब सबै तिम्रा मानिसहरू कहाँ जाऊ, जो कैदमा छन्। तिनीहरू कहाँ जाऊ अनि भन, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नुहुन्छ।’ वास्ता नगर्नेहरूलाई यी कुराहरू भन चाहे तिनीहरूले सुन्छ अथवा सुन्दैनन्।”

12 तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, “परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।” 13 अब ती प्राणीहरूले तिनीहरूको पखेंटा हल्याउन शुरू गरे। जब पखेंटाहरूले एक-अर्कालाई छुन्थे, अनि पाङ्ग्राहरू तिनीहरू तर्फ सर्थे, तिनीहरूले मेघ गर्जे झैं आवाज निकाल्थे। 14 आत्माले मलाई उठाएर माथि टाढो लग्यो। मैले त्यो स्थान छोडें। म साह्रै दु:खी थिएँ अनि मेरो आत्मा अत्यन्त खिन्न थियो, तर परमप्रभुको शक्ति म भित्र अत्यन्त प्रबल थियो। 15 म ती कैदीहरू भए कहाँ गएँ जो कबार नदीको तेलाबीबमा[a] बस्दै थिए। म त्यहाँ सात दिन सम्म तिनीहरूको बीचमा शान्तसँग खिन्न भएर बसिरहें।

16 सात दिन पछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 17 “हे मानिसको छोरो! म तिमीलाई इस्राएलको प्रहरी बनाउँदैछु। म ती सबै नराम्रो घटनाहरू बताउनेछु जुन उनीहरूमाथि घट्नेछ, अनि तिमीले इस्राएलको ती घटनाहरूको बारेमा चेतावनी दिनुपर्नेछ। 18 यदि मैले, ‘यो नराम्रो मानिस मर्नेछ भनें।’ भनें तिमीले त्यो चेतावनी पनि उसलाई दिनुपर्छ। तिमीले उसलाई भन्नु पर्छ, आफ्नो जिन्दगी बद्ली गर अनि नराम्रो काम गर्न छोड। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं भने त्यो मर्नेछ। किनकि त्यसले पाप गरेको छ। तर म तिमीलाई त्यसको मृत्युको उत्तरदायी बनाउँछु। किनकि तिमी त्यसकहाँ गएनौ अनि त्यसको जीवन बचाएनौ।

19 “यो पनि हुन सक्छ तिमीले कुनै मानिसलाई चेतावनी दियौ, त्यसलाई त्यसको जीवन मार्ग बद्ली गर्नका निम्ति सम्झायौ अनि नराम्रो काम नगर्नु भन्यौ। यदि त्यसले तिम्रो कुरा सुनेन भने त्यो मर्नेछ। त्यो मर्नेछ किनकि त्यसले पाप गरेको छ। तर तिमीले उसलाई चेतावनी दियौ यसकारण तिमीले आफ्नो जीवन बचायौ।

20 “यो पनि हुन सक्छ कि कुनै राम्रो मानिस राम्रो भइरहनु छोड्छ। किनभने मैले त्यसको पछि केही यस्तो राखेकोछु जसले त्यसलाई पाप गर्न लगाउँछ। त्यसले नराम्रो काम गर्न शुरू गर्छ यसकारण त्यो मर्नेछ। उसले गरेको असल कर्महरू उसको पक्षमा सम्झना गरिनेछैन। त्यो मर्नेछ किनभने त्यसले पाप गर्यो र तिमीले उसलाई चेताउनी दिएनौ। म तिमीलाई उसको मृत्युको उत्तरदायी सम्झनेछु।

21 “तर यदि तिमीले त्यो राम्रो मानिसलाई चेताउनी दियौ अनि त्यसलाई पाप गर्न बन्द गर्नु भन्यौ अनि त्यसले पाप गर्न बन्द गर्यो भने त्यो मानिस मर्नेछैन। किनभने तिमीले उसलाई चेतावनी दियौं अनि उसले सुन्यो। यस प्रकारले तिमीले आफ्नो जीवन बचायौ।”

22 तब परमप्रभुको शक्ति मकहाँ आयो। उहाँले मलाई भन्नुभयो, “उठ, अनि बेंसीमा जाऊ। म तिमीसित त्यहाँ कुरा गर्नेछु।”

23 यसकारण म उठें अनि बेंसीमा गएँ। परमप्रभुको महिमा त्यहाँ त्यसरी नै प्रकट भयो जस्तो मैले कबार नदीको किनारमा देखेको थिएँ। यसकारण मैले मेरो अनुहार भूइँतिर निहुराएँ। 24 तर एउटा हावा आयो अनि यसले मलाई मेरो खुट्टामा उभ्यायो परमप्रभुले मलाई भन्नुभयो, “घर जाऊ, अनि आफैं घरभित्र ढोका थुनेर बस। 25 हे मानिसको छोरा! मानिसहरू डोरी लिएर आउनेछन् अनि तिमीलाई बाँध्नेछन्। तिनीहरूले तिमीलाई बाहिरका अरू मानिस भएकोमा जान दिनेछैनन्। 26 म तिम्रो जिब्रो तिम्रो तालुमा टँसाई दिनेछु। तिमीले बात गर्न सक्नेछैनौ। यसकारण तिनीहरूले कोही मानिसलाई पनि यस्तो भेट्टाउने छैनन् जसले तिनीहरूलाई शिक्षा दिन सकोस् कि तिनीहरूले पाप गरिरहेका छन्। किनकि तिनीहरू सधैँ मेरो विरूद्धमा गइरहेका छन्। 27 तर जब म तिमीसित कुरा गर्छु त्यसबेला तिमीलाई म बोल्ने बनाउँनेछु। तर तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नु हुन्छ।’ यदि कसैले सुन्न चाहन्छ भने उसले सुनोस्। यदि होइन भने, मलाई तिरस्कार गरोस्। किनभने तिनीहरू विध्वंशकारीहरू हुन्।

Footnotes

  1. 3:15 तेलाबीब यो भूमि इस्राएलको बाहिर थियो। यो नाउँ को अर्थ “झरनाको पहाड” हुन्छ।