Menu
Bible Gateway Plus logo
Bible Gateway logo
account
Understand more as you read. Go deeper with Bible Gateway Plus.
Bible Gateway Plus logo
Bible Gateway logo
One verse. Every morning. Sign up.
  • Read
    • Reading Plans
    • Advanced Search
    • Available Versions
    • Audio Bibles
  • Study
    • Scripture Engagement
    • More Resources
  • News
  • Explore
    • Newsletters
    • Devotionals
    • Bible Gateway App
    • Bible Audio App
    • Take a Tour
  • Store
    • Bibles
    • Deals
    • More
  • Bible Gateway Plus
ERV-NE
Version
Bible Books Bible Books
ERV-NE
Version
Read
Study
News
Explore
Store
Bible Gateway Plus
Light Mode Dark Mode
Font Size
Log In show menu
Previous Next
Print PrintSettingsSettingsShare ShareParallelParallelExpandExpandCollapse

1 इतिहास 22  Nepali Bible: Easy-to-Read Version

22 दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।”

दाऊदले मन्दिर निमार्णको निम्ति योजना बनाउँछन्

2 दाऊदले इस्राएलमा बस्ने सबै विदेशीहरूलाई एकसाथ भेला हुने आदेश दिए। दाऊदले विदेशीहरूबाट ढुङ्गा काट्ने मानिसहररू छाने। तिनीहरूको काम परमेश्वरको मन्दिर बनाउँनका निम्ति ढुङ्गा काटेर तयार गर्ने थियो। 3 दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रशस्तै काँसा ल्याए। 4 अनि दाऊदले गन्ती गर्न नसकिने हिसाबमा देवदारूका मूढाहरू ल्याए। सीदोन अनि सोर शहरका मानिहरूले पनि दाऊद कहाँ धेरै देवदारूका मूढाहरू ल्याए।

5 दाऊदले भने, “हाम्रा परमप्रभुको निम्ति हामीले अत्यन्त विशाल मन्दिर बनाउनु पर्छ। तर मेरो छोरा सुलेमान सानै छ यसर्थ त्यसले ती कुराहरू सिकेको छैन जो त्यसले जान्नु पर्छ। परमप्रभुको मन्दिर अत्यन्त विशाल हुनु पर्छ। यो यसको विशाल अनि सुन्दरताको निम्ति सबै राष्ट्रहरूमा प्रसिद्ध अनि उज्वल हुनुपर्छ। त्यसै कारण म परमप्रभुको मन्दिर निर्माण गर्नको लागि योजनाहरू बनाउँने छु।” यसकारण उनको मृत्यु अघि दाऊदले मन्दिर निमार्णको निम्ति धेरै योजनाहरू बनाएँ र सामग्रीहरू तयार गरें।

6 त्यस पछि दाऊदले आफ्ना छोरा सुलेमानलाई बोलाए उनलाई इस्राएलका परमप्रभु परमेश्वरको निम्ति मन्दिर बनाउँनु भने। 7 दाऊदले सुलेमानलाई भने, “मेरो छोरो, परमप्रभु मेरा परमेश्वरको निम्ति म एउटा मन्दिर बनाउँन चाहन्थें। 8 तर परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तैंले धेरै युद्धहरू लडेको छस् र धेरै मानिसहरू मारेको छस्। यसर्थ मेरो नाउँको निम्ति तैंले मन्दिर बनाउन सक्तैनस्। 9 तर तिम्रो छोराहरू मध्ये एकजना जो शान्ति प्रिय व्यक्ति हो। म शान्तिको समय प्रदान गर्नेछु। त्यसका वरिपरिका शत्रुहरूले त्यसलाई आक्रमण गर्ने छैनन्। त्यसको नाउँ सुलेमान हो। म इस्राएललाई उ राजा भएको समयमा शान्ति र आरम प्रदान गर्नेछु। 10 सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउँनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछु। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।’”

11 दाऊदले यो पनि भने, “अब छोरा परमप्रभु तेरो साथ रहुन्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर। 12 जसरी पनि परमप्रभुले तँलाई ज्ञान र बुद्धि दिउन्। ताकि जब उहाँले तँलाई इस्राएल माथि अधिकार दिनु हुन्छ, तैले होसियारी साथ परमप्रभु तेरो परमेश्वरको आज्ञा पालन गर्ने छस्। 13 यदि तैंले होशियारी साथ ती नियम अनि व्यवस्थाहरू पालन गरिस् भने, परमप्रभुले मोशालाई जो दिनु भएको थियो, तैंले त्यो सफलता प्राप्त गर्ने छस्। बलियो र साहसी हो। नडराऊ निरूत्साहित नहो।

14 “सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडा[a] सुन दिएको छु। अनि लगभग दश लाख तोडा[b] चाँदी दिएको छु। मैले यति धेरै काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्। 15 तँसित धेरै कारीगरहरू, डकर्मीहरू अनि सिकर्मीहरू छन्। तँसित हरेक प्रकारको काम गर्न सिपालु मानिसहरू छन्। 16 तिनीहरू सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छन्। तँसित अधिक निपुण कर्मीहरू छन् जसको गन्ती लिन सकिंदैन। अब काम शुरू गर। अनि परमप्रभु तेरो साथ रहुन्।”

17 तब दाऊदले इस्राएलका समस्त अगुवाहरूलाई तिनका छोरा सुलेमानलाई सहायता गर्नु भनी आदेश दिए। 18 दाऊदले ती अगुवाहरूलाई भने, “साच्चै नै परमप्रभु तिमीहरूका साथ हुनुहुन्छ। अनि उहाँले तिमीहरूलाई राजनीतिक शान्ति दिनुभएको छ। किनभने उहाँले यस भूमि निवासीहरूलाई परास्ता गर्न मलाई सहायता गर्नु भएकोछ अब परमप्रभु र उहाँका मानिसहरूले यस भूमिमाथि अधिकार गर्नेछन्। 19 अब तिमीहरूको तन मन अनि धन परमप्रभु तिम्रा परमेश्वर प्रति लगाऊ, अनि उहाँले भन्नु भएका कामहरू गर। परमप्रभु परमेश्वरको पवित्र स्थान र परमप्रभुको निम्ति मन्दिर निर्माण गर। त्यस पछि करारको सन्दूक अनि अन्य सबै पवित्र बस्तुहरू मन्दिरमा ल्याओ।”

Footnotes

  1. 22:14 एक लाख तोडा अर्थात् “करीब 3,750 टन।”
  2. 22:14 दश लाख तोडा अर्थात् “करीब 37,500 टन।”
Next
1 इतिहास 21
1 इतिहास 23
Next
dropdown
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

Bible Gateway Plus logo
Bible Gateway logo

Font Size

Font Size

Dark Mode

Light Mode Dark Mode

About

  • About
  • Learn About the Bible
  • Statement of Faith
  • Mobile App
  • Store
  • Blog
  • Newsroom
  • Support Us

Help

  • FAQs
  • Tutorials
  • Use Bible Gateway on Your Site
  • Advertise with us
  • Contact us
  • Privacy policy
  • California Privacy Rights
  • Do Not Sell My Personal Information
  • Site: Terms of use
  • Widget: Terms of use

Our Network

  • FaithGateway
  • StudyGateway
  • ChurchSource
  • HarperCollins Christian Publishing
  • Grupo Nelson
  • Editorial Vida
  • Thomas Nelson
  • WestBow Press
  • Zondervan
  • MasterLectures

Social

  • Facebook
  • Instagram
  • Pinterest
  • TikTok
  • X
  • YouTube

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway
Sign Up for Bible Gateway: News & Knowledge
Get weekly Bible news, info, reflections, and deals in your inbox.

By submitting your email address, you understand that you will receive email communications from Bible Gateway, operated by HarperCollins Christian Publishing, 501 Nelson Pl, Nashville, TN 37214 USA, including commercial communications and messages from partners of Bible Gateway. You may unsubscribe from Bible Gateway’s emails at any time. If you have any questions, please review our Privacy Policy or email us at privacy@biblegateway.com.

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway