Menu
Bible Gateway Plus logo
Bible Gateway logo
account
Start your day in Scripture. Get the Verse of the Day by email.
Bible Gateway Plus logo
Bible Gateway logo
Finding your way around? Take the tour.
  • Read
    • Reading Plans
    • Advanced Search
    • Available Versions
    • Audio Bibles
  • Study
    • Scripture Engagement
    • More Resources
  • News
  • Explore
    • Newsletters
    • Devotionals
    • Bible Gateway App
    • Bible Audio App
    • Take a Tour
  • Store
    • Bibles
    • Deals
    • More
  • Bible Gateway Plus
ERV-NE
Version
Bible Books Bible Books
ERV-NE
Version
Read
Study
News
Explore
Store
Bible Gateway Plus
Light Mode Dark Mode
Font Size
Log In show menu
Previous Next
Print PrintSettingsSettingsShare ShareParallelParallelExpandExpandCollapse

यशैया 3  Nepali Bible: Easy-to-Read Version

3 मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ। 2 परमेश्वरले सबै वीरहरू र महान सिपाहीहरू लैजानु हुनेछ। परमेश्वरले सबै न्यायकर्त्ताहरू, अगमवक्ताहरू, जोखना हेर्ने मानिसहरू र बूढा-प्रधानहरू सबैलाई नै लैजानु हुनेछ। 3 परमेश्वरले सैन्य अधिकारीहरू र सरकारी अधिकारीहरू लैजानु हुनेछ। परमेश्वरले कुशल कारीगरहरू र चलाख जादूगर जसले भविष्य बताउने प्रयास गर्दछ तिनीहरूलाई पनि लैजानु हुन्छ।

4 परमेश्वर भन्नुहुन्छ, “म जवान युवाहरूलाई तिमीहरूका मार्ग दर्शक बनाउनेछु। 5 प्रत्येक मानिस अर्को मानिसको विरोधी हुनेछ। यसर्थ सबै जन नै पिरोलिनेछन्। युवाहरूले ठूला बडाहरूको आदर गर्ने छैनन्। साधरण मानिसहरूले महत्वपूर्ण मानिसहरूको विश्वास गर्ने छैनन्।”

6 त्यसबेला, एकजना मानिसले आफ्नै परिवारको कुनै भाइलाई समात्नेछ। त्यस मानिसले आफ्नो भाइलाई भन्नेछ, “तिमीसँग एउटा कोट छ, यसैले तिमी हाम्रो अगुवा हुनेछौ। तिमी यी सबै विनाशको अगुवा हुनेछौ।”

7 तर त्यो भाइले भन्नेछ, “म तिमीलाई साथ दिन सक्तिनँ। घरमा मसँग प्रशस्त भोजन र लुगाहरू छैन्। तिमी मलाई तिमीहरूका अगुवा नबनाऊ।”

8 यस्तो घट्ना हुनेछ किनभने यरूशलेमले ठक्कर खाएको छ र साथै गल्ती काम गरेको छ। यहूदाको पतन भयो अनि परमेश्वरलाई पछ्याउन छोडे। जुन कामहरू तिनीहरूले गर्छन अनि भन्छन तिनीहरू परमप्रभुकै विरूद्धमा हुन्छन्। परमेश्वरको महिमामय आँखहरूले ती सबै कुराहरू छर्लङ्ग देख्नु हुन्छ।

9 मानिसहरूका अनुहारहरूले बताउँछन् कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अहंकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैंले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।

10 धर्मी मानिसहरूलाई भन, तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउनेछन्। 11 तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्। 12 युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्।

मेरा मानिसहरू, तिम्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्याउनेछन्। तिनीहरूले सुमार्गबाट तिमीहरूलाई फर्काउनेछन्।

आफ्ना मानिसहरूप्रति परमेश्वरको निर्णय

13 मानिसहरूको न्याय गर्नकोलागि परमप्रभु खडा हुनुहुन्छ। 14 परमेश्वरले ती बूढा-प्रधानहरू र अगुवाहरूका विरूद्धमा उनीहरूका कुकर्मकोलागि आफ्नो न्याय दिनुहुनेछ।

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले दाखबारीहरू जलायौ। तिमीहरूले गरीब मानिसहरूका धन-सम्पत्ति लुट्यौ जो अहिले सम्म तिमीहरूको घर-घरमा छँदैछ। 15 मेरा मानिसहरूलाई यसरी दुःख कष्ट दिनु भनेर तिमीहरूलाई कसले अधिकार दियो? ती गरीब मानिसहरूमाथि थिचोमीचो गर्नु भनेर कसले अधिकार दियो?” मेरो मालिक, सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।

16 परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अत्यन्त अहंकारी भएका छन्। तिनीहरू शिर ठाडो पारेर वरिपरि हिडिरहन्छन्, मानौं अरू भन्दा तिनीहरू असल हुन्। ती स्त्रीहरू आँखाहरू झिम्काउँदै हिँडिरहन्छन्। तिनीहरू आफ्ना पायलहरू झन्काउँदै स्वाङ्ग पारेर वरिपरि नाँच्दै घुमिहिँड्छन्।”

17 मेरा मालिकले ती स्त्रीहरूका टाउकोमा लूतै-लूतो भरिदिनु हुनेछ। सियोनका ती स्त्रीहरूका सबै केशहरू झर्नेछन्। 18 त्यस बेला परमप्रभुले तिनीहरूको घमण्डको सबै थोक, सुन्दर कल्लीहरू, सूर्य र चन्द्रमा जस्तै देखिने कण्ठहार लैजाउनु हुनेछ। 19 कुण्डलहरू, चुराहरू, घुम्टोहरू, 20 दोपट्टाहरू, पायलहरू, पटुका, कल्ली, अत्तरका बोतलहरू अनि जन्तरहरू, 21 छाप औंठीहरू र नाकका मुन्द्री, कानका मुन्द्री, गलाका हरहरू, 22 दामी पोषाकहरू, टोपीहरू, शलहरू र थैलीहरू, 23 ऐनाहरू, मलमलका पोषाकहरू, फेटाहरू, र लामा शलहरू।

24 ती स्त्रीहरूले अब सुगन्धको सट्टामा दुर्गन्ध पाउनेछन्। अहिले तिनीहरूले पटुका बाँधेकाछन् तर त्यस समयमा तिनीहरूले डोरी बाँध्ने छन्। अहिले तिनीहरूको केश सुहाउँदो पारेर बाटेकाछन् तर त्यस समयमा केश खौरेर एउटा केश सम्म टाउकोमा हुनेछैन्। अहिले तिनीहरूसँग आकर्षक पहिरन छ तर त्यस समयमा तिनीहरूले शोक मनाउने पहिरन लाउनेछन्। अहिले तिनीहरूका अनुहारमा सुन्दर चिन्हहरू छन्। तर त्यस समयमा त्यहाँ अर्कै दागहरू हुनेछन्। ती दागहरू डामेका दागहरू हुनेछन्।

25 त्यतिबेला, तिमीहरूका पुरूष जातिहरू तरवारहरूद्वारा मारिनेछन्। तिमीहरूका वीरहरू युद्धमा मर्ने छन्। 26 त्यहाँ रूवाई र उदासीनता छाउनेछ। शहरको प्रवेशद्वारको सभाहरूमा रूनु पर्दछ। यरूशलेम चोरहरू र डाकूहरूबाट सबै थोकहरू लुटिएर खाली हात बसेकी स्त्री जस्तै हुनेछे। उसले त्यस बेला भूईंमा बसेर विलाप गर्छे।

Next
यशैया 2
यशैया 4
Next
dropdown
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

Bible Gateway Plus logo
Bible Gateway logo

Font Size

Font Size

Dark Mode

Light Mode Dark Mode

About

  • About
  • Learn About the Bible
  • Statement of Faith
  • Mobile App
  • Store
  • Blog
  • Newsroom
  • Support Us

Help

  • FAQs
  • Tutorials
  • Use Bible Gateway on Your Site
  • Advertise with us
  • Contact us
  • Privacy policy
  • California Privacy Rights
  • Do Not Sell My Personal Information
  • Site: Terms of use
  • Widget: Terms of use

Our Network

  • FaithGateway
  • StudyGateway
  • ChurchSource
  • HarperCollins Christian Publishing
  • Grupo Nelson
  • Editorial Vida
  • Thomas Nelson
  • WestBow Press
  • Zondervan
  • MasterLectures

Social

  • Facebook
  • Instagram
  • Pinterest
  • TikTok
  • X
  • YouTube

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway
Sign Up for Bible Gateway: News & Knowledge
Get weekly Bible news, info, reflections, and deals in your inbox.

By submitting your email address, you understand that you will receive email communications from Bible Gateway, operated by HarperCollins Christian Publishing, 501 Nelson Pl, Nashville, TN 37214 USA, including commercial communications and messages from partners of Bible Gateway. You may unsubscribe from Bible Gateway’s emails at any time. If you have any questions, please review our Privacy Policy or email us at privacy@biblegateway.com.

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway