Menu
Bible Gateway Plus logo
Bible Gateway logo
account
Study Bibles + commentaries + Scripture = deeper understanding. Explore Bible Gateway Plus.
Bible Gateway Plus logo
Bible Gateway logo
We’ve made some updates. Have feedback?
  • Read
    • Reading Plans
    • Advanced Search
    • Available Versions
    • Audio Bibles
  • Study
    • Scripture Engagement
    • More Resources
  • News
  • Explore
    • Newsletters
    • Devotionals
    • Bible Gateway App
    • Bible Audio App
    • Take a Tour
  • Store
    • Bibles
    • Deals
    • More
  • Bible Gateway Plus
ERV-NE
Version
Bible Books Bible Books
ERV-NE
Version
Read
Study
News
Explore
Store
Bible Gateway Plus
Light Mode Dark Mode
Font Size
Log In show menu
Previous Next
Print PrintSettingsSettingsShare ShareParallelParallelExpandExpandCollapse

यर्मिया 36  Nepali Bible: Easy-to-Read Version

राजा यहोयाकीमले यर्मियाको बेहेरूवा जलाउँदछ

36 योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको चौथो बर्षमा परमप्रभुको यो सन्देश यर्मियाहकहाँ आयो। यो परमप्रभुबाट आएको सन्देश थियो 2 “यर्मिया, मैले तिमीलाई भनेको जम्मै सन्देशहरू बेहेरूवामा लेख। मैले तिमीलाई इस्राएल, यहूदा र अन्य सारा जातिहरूका बारेमा भनेको छु। योशियाह राजा भए यता आज सम्मको ती सारा शब्दहरू जुन मैले भनेकोछु लेख। 3 हुनसक्छ यहूदाका परिवारले गरेका दुर्ष्ट कर्महरू विरूद्ध मैले गरिरहेको योजना बारे यहूदाका मानिसहरूले सुन्नेछन् अनि हुनसक्छ, तिनीहरू दुष्ट कामहरू गर्नदेखि रोकिनेछन्। यदि तिनीहरूले त्यसो गरे भने म तिनीहरूले गरेका अपराधहरू र पाप क्षमा गरिदिनेछु।”

4 यसकारण यर्मियाले नेरियाहको छोरो बारूकलाई बोलाए। बारूकले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख्न-आदेशमा बेहेरूवामा लेखे। 5 यर्मियाले बारूकलाई भने, “मलाई परमप्रभुको मन्दिरमा जाने अनुमति छैन। 6 यसकारण म चाहन्छु कि तिमी परमप्रभुको मन्दिरमा उपासको दिन जाऊ अनि तिनीहरूका शहरहरूबाट आएका यहूदाका मानिसहरूलाई मेरो निर्देशनमा तिमीले बेहेरूवामा लेखेको परमप्रभुको सन्देशहरू पढेर सुनाऊ। 7 हुनसक्छ कि मानिसहरूले परमप्रभुलाई सहयोगको लागि गुहार्नेछन् अनि हरेकले दुष्ट कामहरू गर्न देखि जोगिनेछन्। किनभने परमप्रभुले यी मानिसहरूमाथि महा रीस र क्रोध पोखाउँने भनी घोषणा गर्नु भएको छ।” 8 यसकारण नेरियाहको छोरो बारूकले अगमवक्ता यर्मियाले अह्राएका प्रत्येक कुरा गरे। बारूकले बेहेरूवामा लेखिएका परमप्रभुको कुरा परमप्रभुको मन्दिरमा पढे।

9 योशियाहको छोरा यहोयाकीमको राज्यकालको पाँचौ बर्षको नवौं महीनामा यरूशलेमका अनि यहूदाका शहरबाट यरूशलेममा आएका सबै मानिसहरूले परमप्रभुको नाउँमा उपवास बस्ने घोषणा गरे। 10 त्यसबेला, बारूकले परमप्रभुको मन्दिरमा भेला भएका मानिसहरूको उपस्थितिमा यर्मियाका वचनहरू बेहेरूवाबाट पढे। तिनले परमप्रभुको मन्दिरको नयाँ प्रवेशद्वार छेउमा रहेको मथिल्लो आँगनमाथिको शापनको छोरो गमर्याहको कोठाबाट बेहेरूवा पढे। गमर्याह एकजना सचिव थिए।

11 गमर्याहको छोरो अर्थात् शापानको नाति मिकायाहले बेहेरूवाबाट पढिएको परमप्रभुको सन्देशहरू सुने। 12 जब मीकायाहले बेहेरूवाबाट परमप्रभुका सन्देश सुने, उनी राज महलको सचिवको कोठामा गए। सम्पूर्ण शाही अधिकारीहरू त्यहाँ राजाको दरबारमा बसिरहेका थिए। ती अधिकारीहरू हुन् सचिव एलीशामा, शमायाहको छोरो दलायाह, अकबोरको छोरो एलनातान, शापानको छोरो गमर्याह, हनन्याहको छोरो सिदकियाह अनि अन्य अधिकारीहरू पनि त्यहाँ थिए। 13 जब बारूकले मानिसहरूलाई बेहेरूवाबाट पढी सुनाएको मिकायाहले जे सुनेका थिए तिनले प्रत्येक कुरो नै ती अधिकारीहरूलाई भने।

14 तब सबै अधिकारीहरूले यहूदीलाई (नतन्याहको छोरो शेलेम्याहको नाती अनि कूशीको पनाति) बारूककहाँ पठाए। यहूदीले बारूकलाई भने, “तिमीले जुन बेहेरूवा मानिसहरू समक्षपठायौ त्यो लिएर मसित आऊ।”

नेरियाहको छोरो बारूकले बेहेरूवा लिए अनि तिनीहरूकहाँ गए।

15 तब ती अधिकारीहरूले बारूकलाई भने, “बस अनि हाम्रो लागि पढ र सुनाऊ।”

यसर्थ तिनीहरूलाई बारूकले पढेर सुनाए।

16 ती शाही अधिकारीहरूले बेहेरूवाबाट सारा सन्देशहरू सुने। तब तिनीहरू डराए, अनि एका अर्कालाई प्रति हेरा-हेर गरे। तिनीहरूले बारूकलाई भने, “हामीले बेहेरूवामा भएका सबै सन्देशहरू राजा यहोयाकीमलाई भन्नै पर्छ।” 17 त्यसपछि अधिकारीहरूले बारूकलाई एउटा प्रश्न गरे, “बारूक, हामीलाई भन, तिमीले बेहेरूवामा लेखिएका सन्देशहरू कहाँबाट पायौ? के त्यो यर्मियाले भनेका कुराहरू लेखेका हौ?”

18 “हजूर”, बारूकले जवाफ दिए। “यर्मियाले भन्यो, अनि मैले सारा सन्देशहरू बेहेरूवामा मसीले लेखें।”

19 तब शाही अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया भाग्नु पर्छ र लुक्नु पर्छ। तिमीहरू कहाँ लुक्छौ कसैलाई पनि नभन्नु।”

20 तब शाही अधिकारीहरूले बेहेरूवा सचिव, एलीशामाको कोठामा राखे। तिनीहरू राजा यहोयाकीमकहाँ चोकमा गए र बेहेरूवामा भएको सबै कुरा भने।

21 यसकारण राजा यहोयाकीमले त्यो बेहेरूवा ल्याउनु यहूदीलाई पठाए। यहूदीले सचिव, एलीशामाको कोठाबाट त्यो बेहेरूवा ल्याए। तब यहूदीले त्यो बेहेरूवा राजालाई र तिनको नजिकै उभिएका सेवकहरूलाई पढेर सुनाए। 22 यो नवौं महीना चलिरहेको थियो, अनि राजा हिउँदमा बस्ने महलमा बसिरहको थिए। राजा यहोयाकीमको सम्मुख अगेनामा आगो दन्‌दन् बलिरहेको थियो। 23 यहूदीले बेहेरूवा पढ्न शुरू गरे। जब उसले तीन वा चार पृष्ठ पढ्दै थिए, राजाले ती पढिसकेका पंक्ति एउटा सानो छुरीले काट्थे अनि अगेनोमा हाली दिन्थे र जब सम्म पुरै बेहेरूवा अगेनोमा जलेर नष्ट भएन तब सम्म तिनले त्यसै गरे। 24 राजा यहोयाकीम र उनका सेवकहरू जसले बेहेरूवाबाट यी वचनहरू सुने तिनीहरू न त डराए न तिनीहरूले आफ्नो लुगा नै च्याते।

25 एलानातान, दलायाह र गमर्याहले राजा यहोयाकीमलाई त्यो बेहेरूवा नजलाउनु होस् भनेर विन्ती गरे। तर राजाले तिनीहरूको बिन्ती सुनेनन्। 26 राजा यहोयाकीमले आफ्नो छोरो यरहमेल, अज्रिएलको छोरो सरायाह र अबदीलको छोरो शेलेम्याहलाई सचिव बारूक र अगमवक्ता यर्मियालाई पक्रन हुकूम दिए। तर परमप्रभुले तिनीहरूलाई लुकाउनु भएको थियो।

27 यर्मियाले भनेको अनि बारूकले लेखेको सन्देशहरू भएको बेहेरूवा राजाले जलाई सके पछि परमप्रभुको सन्देश यर्मियाकहाँ आयो।

28 परमप्रभुले भन्नुभयो, “यर्मिया, अर्को एउटा बेहेरूवा लियर यहूदाका राजा यहोयाकीमले जलाएको पहिलो बेहेरूवामा जुन सन्देशहरू थिए सबै लेख। 29 यहूदाका राजा यहोयाकिमको सम्बन्धमा तिमीले भन्नेछौ: ‘त्यसपछि परमप्रभुले भन्नुभयो, “तिमीले बेहेरूवा जलायौ कारण तिमीले सोच्यौ, बाबेलको राजा निश्चय आउनेछ र यो देश ध्वंस पारि मानिसहरू र पशुहरू काट्नेछ भनी सन्देशहरू किन तिमीले लेख्यौ?” 30 यसकारण, परमप्रभुले यहूदाका राजा यहोयाकीमाको बारेमा भन्नुहुन्छ: यहोयाकीमका सन्तानहरू दाऊदको सिंहासनमा अब उसो बस्नेछैन। जब यहोयाकीम मर्दछ, उसको लाश भूइँमा फ्याँकिनेछ र दिनको गरम र रात चिसोमा त्यहीं रहनेछ। 31 म, परमप्रभुले, यहोयाकीम र उसका नानीहरूलाई दण्ड दिनेछु। उसका अधिकारीहरूलाई पनि दण्ड दिनेछु। कारण तिनीहरू दुष्ट छन् म तिनीहरूमाथि डरलाग्दो विपत्ति ल्याउनेछु भनी मैले चेताउनी दिएको छु। त्यो दुर्भाग्य तिनीहरूमाथि मात्र होइन तर यरूशलेम र यहूदामा बस्ने सम्पूर्ण जातिलाई पनि असर गर्नेछ। मेरो चेताउनी अनुसार जम्मै अधर्मकामहरू तिनीहरूमाथि पार्नेछु तर तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।’”

32 त्यसपछि यर्मियाले अर्को एउटा बेहेरूवा लिए अनि त्यो नेरियाहको छोरो सचिव बारूकलाई दिए। जस्तै यर्मियाले बोले, बारूकले परमप्रभुको त्यही सन्देशहरू बेहेरूवामा लेखे जुन राजा यहोयाकीमले आगोमा जलाई दिएका थिए। ती सन्देशहरू बाहेक अन्य धेरै त्यस्तै शब्दहरू दोस्रो बेहेरूवामा थपिएका थिए।

Next
यर्मिया 35
यर्मिया 37
Next
dropdown
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

Bible Gateway Plus logo
Bible Gateway logo

Font Size

Font Size

Dark Mode

Light Mode Dark Mode

About

  • About
  • Learn About the Bible
  • Statement of Faith
  • Mobile App
  • Store
  • Blog
  • Newsroom
  • Support Us

Help

  • FAQs
  • Tutorials
  • Use Bible Gateway on Your Site
  • Advertise with us
  • Contact us
  • Privacy policy
  • California Privacy Rights
  • Do Not Sell My Personal Information
  • Site: Terms of use
  • Widget: Terms of use

Our Network

  • FaithGateway
  • StudyGateway
  • ChurchSource
  • HarperCollins Christian Publishing
  • Grupo Nelson
  • Editorial Vida
  • Thomas Nelson
  • WestBow Press
  • Zondervan
  • MasterLectures

Social

  • Facebook
  • Instagram
  • Pinterest
  • TikTok
  • X
  • YouTube

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway
Sign Up for Bible Gateway: News & Knowledge
Get weekly Bible news, info, reflections, and deals in your inbox.

By submitting your email address, you understand that you will receive email communications from Bible Gateway, operated by HarperCollins Christian Publishing, 501 Nelson Pl, Nashville, TN 37214 USA, including commercial communications and messages from partners of Bible Gateway. You may unsubscribe from Bible Gateway’s emails at any time. If you have any questions, please review our Privacy Policy or email us at privacy@biblegateway.com.

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway