Add parallel Print Page Options

इस्राएल भेंडा़हरूको एउटा बगाल जस्तै छ

34 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! मेरा निम्ति इस्राएलको गोठालाहरूको विरूद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति केही कुरा भन। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलको गोठालाहरू, तिमीहरूले तिमीहरूको आफ्नै पेट मात्र भरिरहेकोछौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमीहरू किन आफ्ना भेंडाहरूको पेट भर्दैनौ? तिमी बोसो खान्छौ अनि आफ्नो लुगा बनाउँनको निम्ति त्यसको ऊन उपयोग गर्छौ। तिमीले मोटो भेंडा़ मार्छौ, तर तिमीले दुब्लो भेंडा़लाई खान दिँदैनौ। तिमीहरूले कमजोरी र दुब्लो भेंडा़हरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेंडा़लाई पट्टी बाँधिदिएनौ। कति भेंडा़हरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेंडा़को खोजीमा गएनौ। अँहँ, तिमी निष्ठुर अनि कठोर भयौ।

“‘अनि अब भेंडा़हरू तितर-बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो। यसकारण भेंडा़हरू तितर-बितर भए। मेरा सबै भेंडा़हरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेंडा़हरू पृथ्वी भरी बाटो बिराएर छरिए। कोही पनि त्यसको खोजी गर्ने थिएनन्।’”

यसकारण तिमी गोठालाहरू हो, परमप्रभुको वचन सुन। परमप्रभु मेरा मालिक भन्नुहुन्छ। “म आफ्नो जीवनको शपथ खाएर तिमीलाई प्रतिज्ञा दिलाउँछु। जङ्गली पशुहरूले मेरा भेंडा़हरूलाई समाते। हो, मेरो भेंडा़हरू सबै जङ्गली पशुहरूको निम्ति भोजन बनिए। किनभने तिनीहरूको साँचो गोठाला थिएनन्। मेरो गोठालाले मेरो बगालको खोजी गरेनन्। ती गोठालाले भेंडा़हरूलाई मार्यो अनि आफैं खायो। त्यसले मेरो भेंडा़हरूको पेट भरिदिएन।”

यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन! 10 परमप्रभु भन्नुहुन्छ, “म ती गोठालाहरूको विरूद्धमा छु। मेरो भेंडा़हरूको लागि तिनीहरूलाई उत्तरदायी ठहर्याउँछु। अब उसो म उनीहरूलाई गोठाला हुन दिँदिन। त्यसपछि गोठालाहरूले आफ्नो पेट भर्नु पनि पाउँदैनन्। म तिनीहरूको मुखबाट आफ्नो भेंडा़हरू बँचाउनेछु। तब मेरा भेंडा़हरू उनीहरूको भोजन बन्नेछैनन्।”

11 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म आफैं उनीहरूको गोठाला बन्नेछु। म आफ्नो भेंडा़हरूको खोजी गर्नेछु। म तिनीहरूलाई खोज्नेछु। 12 यदि कुनै गोठाला आफ्नो भेंडा़सँग त्यस समयमा छ, जब उसको भेंडा़ टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेंडा़हरूको खोजी गर्नेछु। म आफ्नो भेंडा़लाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए। 13 म तिनीहरूलाई ती राष्ट्रहरूबाट फर्काएर ल्याउँछु। म तिनीहरूलाई देशहरूबाट जम्मा गर्छु। म तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। इस्राएलको पर्वतहरूमा खोलाहरूको किनारमा, सबै ठाउँहरूमा जहाँ मानिसहरू बस्छन, म तिनीहरूलाई खुवाउँछु। 14 म तिनीहरूलाई घाँस भएको चउरमा लिएर जान्छु। तिनीहरू इस्राएलको पर्वतको अग्लो स्थानमा जानेछन्। तिनीहरू घाँसमा चर्नेछन् र सुत्नेछन्। तिनीहरू इस्राएलको पर्वतमाथि भरपुर घाँस भएको चउरमा चर्नेछन्। 15 हो, म आफ्नो भेंडा़लाई खुवाउँछु अनि तिनीहरूलाई विश्रामको ठाँउमा लिएर जान्छु।” परमप्रभु मेरा मालिकले यो सबै कुराहरू भन्नु भएको थियो।

16 “म हराएको भेंडा़को खोजी गर्नेछु। म ती भेंडा़हरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेंडा़हरूलाई मलम पट्टी लगाई दिन्छु जसलाई चोट लागेकोछ। म कमजोर भेंडा़लाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु, जसको तिनीहरू भागिदारछन्।”

17 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेंडा़, म प्रत्येक भेंडा़लाई न्याय गर्छु। म भेंडा़ अनि बाख्राको बीचमा न्याय गर्नेछु। 18 तिमीहरूले राम्रो जमीनमा उम्रेको घाँसमा चर्न सक्छौ। यसकारण तिमीहरू त्यो घाँसलाई किन कुल्चिन्छौ जुन अर्को भेंडा़ले खाने इच्छा गरेको हुन्छ। तिमीले पर्याप्त स्वच्छ पानी पिउन सक्छौ। यसकारण तिमीले रहेको पानी आफ्नो खुट्टाले किन मैला पार्छौ? 19 मेरो भेंडा़ले त्यो घाँस अवश्यै खान्छ जुन तिम्रो खुट्टाहरूले कुल्चियौ अनि त्यो पानी पिउँछ जुन तिमीले खुट्टाहरूले फोहर पार्यौं?”

20 यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेंडा़हरूको बीचमा न्याय गर्नेछु! 21 तिमी आफ्नो बगालबाट अनि आफ्नो काँधले धक्का दिएर अनि आफ्नो सींङले सबै कमजोर भेंडा़हरूलाई त्यस बेला सम्म घचेटिरह्यौ जब सम्म तिमीले तिनीहरूलाई टाढा जानका निम्ति बाध्य पारेनौ। 22 यसकारण म आफ्नो भेंडा़हरूलाई बचाउँनेछु। तिनीहरू भविष्यमा जङ्गली पशुहरूद्वारा समातिने छैनन्। म एउटा भेंडा़ अनि अर्को बीचमा न्याय गर्नेछु। 23 त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफैं खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ। 24 त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।

25 “म आफ्नो भेंडा़हरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेंडा़हरू मरुभूमिमा सुरक्षित रहनेछ अनि जङ्गलमा सुत्नेछ। 26 म भेंडा़हरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाँउहरूलाई आशीर्वाद दिन्छु। म ठीक समयमा बर्षा गराउँछु। त्यो आशीर्वाद सहित बर्षा हुनेछ। 27 खेतमा उम्रिने बृक्षले आफ्नो फल दिन्छ। भूमिले आफ्नो फसल दिन्छ। यसकारण भेंडा़हरू आफ्नो प्रदेशमा सुरक्षित रहनेछन्। म तिनीहरूमाथि राखेको जुवा भाँचिदिन्छु। म तिनीहरूलाई ती मानिसहरूको शक्तिबाट बचाउँछु जसले तिनीहरूलाई दास बनाएकोछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ। 28 उनीहरू पशुहरू जस्तै भविष्यमा अन्य राष्ट्रहरूद्वारा बन्दी बनाईनेछन्। ती पशुहरूले तिनीहरूलाई खानेछैनन्। तर तिनीहरू अब भविष्यमा सुरक्षित रहनेछन्। कसैले उनीहरूलाई आतंकित पार्ने छैन। 29 म उनीहरूलाई कुनै यस्तो भूमि दिन्छु जसमा एउटा राम्रो बगैंचा हुन्छ। तब उनीहरू त्यस देशमा भोकले पीडित हुनेछैनन्। तिनीहरू भविष्यमा राष्ट्रहरूबाट अपमानित हुन पाउँदैनन्। 30 त्यसपछि उनीहरूले सम्झनेछन् कि म नै तिनीहरूका परमप्रभु परमेश्वर हुँ। तब उनीहरूले सम्झनेछन् कि म तिनीहरूसँग छु। इस्राएलका मानिसहरूले सम्झनेछन् कि ती मेरा मानिस हुन्!” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

31 “तिमी मेरो भेंडा़ हौ, मेरो खर्कका भेंडा़, तिमीहरू मेरा मानिसहरू हौ, अनि म तिम्रो परमेश्वर हुँ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।